काठमाडौं । न्यायपरिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाम संवैधानिक परिषदमा पठाएको छ ।
योग्यता पुगेका ती दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको हो ।
सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको हो ।
मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँँदैछन् । संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघिनै गर्नुपर्ने भएकाले संवैधानिक परिषदलाई सजिलो होस भनेर रेकर्ड पठाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया