१४ जेष्ठ २०८०, आईतवार

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

२०७९,पुष,७,बिहीवार १०:३८

18
Shares

पर्सा । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैय्याको डायलासिस सेवा सञ्चालनमा आएको हो ।

आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रधानले जानकारी दिए । नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा.प्रधानले जानकारी दिए ।

आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताए । यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनको भनाइ छ ।

निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको रु १० हजारदेखि रु १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा रु पाँच हजार शुल्क तोकेको छ । पन्ध्र शैय्या रहेको आकस्मिक डायलसिसमा दुई शैय्या एचआइभी संक्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् ।

यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा.प्रधानले बताए । उनले भवन निर्माणका लागि सिद्धार्थ बैंकले रु ५५ लाख र अन्य सहयोगी दाताबाट पाँच लाख रुपैयाँ सहयोग गरी कूल ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताए ।

प्रकाशित मिति: २०७९,पुष,७,बिहीवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९