भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

लोकपथ
39
Shares

काठमाडौं । नेपाली सेनालाई भारतिय सेनाले ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टीनेन्ट जनरल जेएस सन्धुले बुधवार एकथान ड्राइभिङ सिमुलेटर र एकथान हतियार ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेका हुन् ।

भारतिय सेनाका लेफ्टीनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । बुधवार सितापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोग स्वरुप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

ट्रेनिङ सिमुलेटर कम्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?