पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

लोकपथ
28
Shares

सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ  ।

जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौँ’ भन्ने नारा दिएर गरिएको सम्मेलनले ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

पर्यटकीयस्थल नागिथाम डाँडामा गरिएको सम्मेलनमा लामटाङ राष्ट्रिय निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराई, जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक कार्यालय प्रमुख पुनलाल चौरसिया, गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल लगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाबारे आफ्नो प्रस्तुति दिएका थिए ।

घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्साहरुमा जथाभाबी फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानहरुको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधिहरू सञ्चालन गर्ने, पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवाहरू काट्न निषेध गरिने उल्लेख गरिएको छ ।

सम्मेलनले विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहत, पुनर्निर्माण तथा पुुनःस्थापनाका लागि गाउँपालिकास्तरीय संयन्त्रलाई चुस्तदुरुस्त र स्रोत साधन सम्पन्न बनाइने, गाउँपालिकाभित्र रहेका सामुदायिक तथा कबुलियती वनहरुको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी  हरियाली प्रवद्र्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?