नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

लोकपथ
49
Shares

काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन (आइपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले चार करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यक सहित चार करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्ने छ ।

घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारण सभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमीटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?