माधव नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

लोकपथ
35
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारत पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार शिक्षण अस्पतालमा पुगेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल मंगलबार स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?