पाल्पामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
52
Shares

पाल्पा । पाल्पाको रिब्दीकोटमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकाकोे वडा नम्बर ४ मा लु १ ख ९१३४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको ज्यान गएको हो ।

पाल्पाको तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको उक्त ट्रकले लु ६८ प २०५ नम्बरको मोटरसाइकलाई किचेको थियो । ट्रकले किचेपछि मोटरसाइकलको पछाडि सवार ३० वर्षीय नरबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा ट्रकले किचेको र गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?