काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेका छन् ।
गृहजिल्ला पोखरा पुगेका मन्त्री अधिकारीलाई वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै नयाँ शक्ति, नेपालका विद्यार्थी संगठनका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।
पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले उनीहरुलाई पक्राउ गरि हिरासतमा लिए अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया