बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
65
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काभ्रेको बनेपा घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ४ बर्षिय श्री कृष्ण्ण कार्कीलाई मंगलवार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्कीउपर बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको वि.सं २०७७ पुस २८ गेतेको फैसलाले ११ लाख ९५ हजार रुपैयाँ जरिवाना र सात दिन कैद सँजाय तोकिएको थियो ।

सो पश्चात फरार भएका कार्कीलाई मंगलवार पक्राउ गरे लगत्तै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?