धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु, १५ जना घाइते

लोकपथ
77
Shares

काठमाडौं । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार धादिङको गजुरी गाउँपालिका-२ मा काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

माइक्रोमा सवार एक २८ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । यस्तै, दुरघटनामा १५ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?