गृहकार्य अपुग भएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । 

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय सचिवालयको बैठक स्थगित भएको हो । 

नेकपाका अनुसार आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो । 

तर, ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक स्थगित भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?