काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा गोली चलेको छ । धनगढी उपमहानगरपालिका–९ को जुगेडामा आज बिहान गोली चलेको हो ।
स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्दै गर्दा विष्टले थाहा पाएका थिए । ३-४ जना व्यक्तिको समूहले चोरी गर्न खोजेको उनको भनाइ छ । विष्टले थाहा पाएपछि उक्त समूहले उनीमाथि हातपात गरेका थिए ।
घाइते विष्टको घर नजिकै गोलीका खोकाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लोकपथलाई जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हाल उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया