बारा-जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्तहरू बारा सुवर्ण गाउँपालिका-७ वस्ने गजिन्द्र राय र शिवधारी महरालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तहरूले २०६१ चैत्र २८ गते बारा झिटकैया बस्ने शिबशंकर साह तेलीलाई अपहरण गरी भारत विहार चम्पारणस्थित सुरेन्द्र बरैको घरमा बन्धक बनाई राखेको अवस्थामा २०६२ बैशाख ११ गते नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।
अभियुक्तद्वयलाई प्रहरीले जिल्ला अदालत बारामा पेश गरेकोमा अदालतको आदेशले दुबैजनालाई पुर्पक्षको लागि कारागार कार्यालय बीरगन्ज पर्सा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया