७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

लोकपथ
28
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरूष र ३९ जना महिला छन् ।

सन् २०२१–०२२ मा सबैभन्दा बढी ३४७ जना पुरूष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरूष र २ जना महिला गरी ९८ जना रहेका छन् ।

आर्थिक वर्ष २०२०–०२१ मा १७० जना पुरूष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरूष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०–०२१ को तुलनामा २०२१-०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?