हर्कले मागे माफी, जनतालाई कम नआक्न सन्देश

लोकपथ
0
Shares

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिका कांग्रेस–एमाले जस्ता ठूला दलका उम्मेदवारलाई हराएर स्वतन्त्र उम्मेदवारले जित निकाले । मेयरमा हर्कराज राई निर्वाचित हुँदा धरान मात्र होईन, देशभरका मतदातामा उत्साह देखियो । जीत लगत्तै उनले थालेका सामाजिक कामले वाहवाही पनि लूट्यो । सामाजिक सञ्जाल उनका कामको पक्ष विपक्षमा विभक्त पनि हुन थाल्यो । कहिले राम्रो कामले त कहिले नराम्रो सन्दर्भले निरन्तर चर्चामा छन्, मेयर राई । कुनै बेला आफ्ना कार्यले विवादित बन्दा कहिले सामाजिक सञ्जालमा गरेका पोष्टहरुले उनलाई विवादमा तानिरहेको छ । पछिल्लो समय भने मेयर राई सामाजिक सञ्जालमा गरेको पोष्टका कारण विवादित बनेका छन् ।

केही दिनअघि मात्र मेयर राईले सामाजिक सञ्जालमा एउटा यस्तो पोस्ट : लेखे जोरी खोज्नेको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा ..बुद्धि ।

धरान उपमहानगरपलिकाका मेयर हर्क राज राईका स्टाट्सहरू :

उनका पोष्टले सामाजिक सञ्जालमा तरगं नै ल्यायो । उनले पोस्ट गर्ने बित्तिकै सामाजिक सञ्जालमा उनको परिपक्वता भन्दा काँचोपन बढी भएको टिप्पणी शुभचिन्तकहरुले नै गर्न थालेका थिए । मेयर भएपछि लोकप्रिय भएका मेयर राईले बारम्बार पदीय गरिमा र भद्रता गुमाउने गरेका छन् । पछिल्ला दिन सामाजिक सद्भाव र कानूनी सीमाको ख्याल नै नराखी विभेदकारी अभिव्यक्ति दिन थालेका छन् । उनको फेसबुकको पोस्टप्रति देशको संवैधानिक आयोगले नै प्रश्न उठाएको थियो ।

संवैधानिक आयोगप्रति नै विभिन्न किसिमका आक्षेप लगाएका थिए । धरानमा पानी ल्याएर जति चर्चामा आए त्योभन्दा बढी उनको यो विभेदकारी अभिव्यक्तिले मुद्दा मामिलामा तानिने हदसम्म विवादित बनेका थिए । त्यस यता हर्क राईले दर्जनौँ स्टाटस अपडेट गरेका थिए र मूल ध्येय भने जातीय विभेदजन्य आफ्नो अभिव्यक्तिको बचाउ गर्ने नै देखिन्छ । आफूबाट व्यक्त भएको शब्द फिर्ता लिँदा सकिने विषयलाई उनी आफैले तन्काइरहेका थिए । मेयरका असंवेदनशील अभिव्यक्ति सच्याउन दलित आयोगले गरेको आग्रहलाई उनले स्वीकार नै गरेका थिएनन् तर दर्जनौँ स्टाटस अपडेट गरेर निकै नै विवादित बनेका थिए ।

उनले यो स्टाटस राखेको केही समयमा नै राष्ट्रिय दलित आयोगले काराबाही गर्नका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । राईले दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरित सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस गरेको थियो । आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले अटेर गर्दै आयोगमाथि नै प्रश्न उठाएपछि कारबाहीका लागि सिफारिस गरेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ विज्ञप्ति : 

 

आयोगले यति गर्दासम्म पनि उनी क्षमा माग्न तयार भएका थिएनन्। उल्टै मेयर राईले राष्ट्रिय दलित आयोगलाई झ्यासझुस आयोगको संज्ञा दिँदै आफूलाई उक्त आयोगले नजिताएकाले उसको कारबाहीलाई उस्स गर्ने भनेका थिए।

उनले आफ्नो कमजोरी स्वीकार्नु पर्नेमा उल्टै संवैधानिक आयोगविरुद्ध लागेर दम्भ देखाएका थिए । निकै विवादित र आलोचित बनेपछि उनले अहिले भने माफी मागेका छन् ।
यस्तो छ उनले जारी गरेको माफी पत्र :

यस्तो छ संवैधानिक व्यावस्था

  • नेपालको संविधान, २०७२
    भाग ३ धारा १८ समानताको हक, उपधारा २ बमाेजिम :

        धारा २४ छुवाछुत भेदभाव विरुद्धको हक, उपधारा ५ बमाेजिम :

  • जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ 

                                                                                                               दफा ४ ,उपदफा १२ 

उपदफा १२ मा भनिएको छ,–कसैले कुनै पनि व्यक्ति वा समुदायलाई श्रव्यदृष्य सामग्री, लेख रचना, चित्र, आधार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा विद्युतीय माध्यमबाट वा अन्य कुनै तरिकाले कुनै व्यक्ति वा समुदायलाई त्यस्तो व्यक्ति वा समुदायको उत्पत्ति, जात वा जातिको आधारमा उच्च वा नीच दर्शाउन, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठह¥याउन वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न वा गराउन हुँदैन ।

उल्लेखित कानून अनुसार राईलाई दुई महिनादेखि ३ वर्षसम्म कैद र २० हजारदेखि डेढ लाखसम्म जरिवाना हुन सक्ने कानूनी व्यावस्था छ । यति मात्र नभएर राईले कसुर गरेको ठहरिएमा अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?