आइतवार कोरोनाका शून्य संक्रमित, अब देशभरमा ११ सक्रिय संक्रमित बाँकी

लोकपथ
52
Shares

काठमाडौं । नेपालमा केही दिन यता कोरोना संक्रमित बिरामीहरु कमै मात्र देखा पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतवार देशभर एक जनापनि कोरोना संक्रमित फेला परेका छैनन् ।

पछिल्लो २४ घण्टामा आरटीपीसीआर विधिबाट गरिएको १ सय ९९ परिक्षणबाट शून्य संक्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कमा २ जना डिस्चार्ज हुँदा अब देशभरमा ११ जना मात्रै सक्रिय संक्रमित रहेको बताइएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्यापनि पछिल्लो २४घण्टामा शून्य रहँदा संक्रमण विरुद्धको खोप भने १८ हजार १८ जनाले लगाएका छन् ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?