नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

लोकपथ
21
Shares

नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वातावरणलगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

नेपालगन्ज पुगेका राजदुत थप्सनले रेडियो कृष्णसार एफएमको अवालेकन गर्दा उनीसँग लिइएको विशेष अन्र्तवार्तामा नेपालमा सूचना, प्रविधी र अंग्रेजी भाषाका विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताए । उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा मझौला उद्योगको विकास गर्न विशेष जोड दिए ।’

उनले नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ, भने ।

राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी गरेको जानकारी गराउदै भने, “नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सूचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाँकी छन, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।”

उनले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेको र अन्य पछि परेका समुदायको पनि पहुँच र सहभागितामा वृद्धि भएको पाइएको बताए । दुई महिना अघि मात्र नेपाल आएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिरिवाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिँदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताए ।

पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत पे्ररणा मरासीनी, आयुषा निरौलालगायत रहेका छन् । अवलोकन पश्चात कृष्णसार एफएमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?