रामेछापमा जीप दुर्घटना : ९ घाइते, तीन जनालाई काठमाडौं ल्याइयो

लोकपथ
0
Shares

काठमाडौं । रामेछापमा जीप दुर्घटना भएकाे  । उमाकुण्ड गाउँपालिका–७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

शनिबार बिहान ११ः४५  बजे बा ११ च ७५९१ नम्बरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिए । दुर्घटनामा घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

लिखुतामाकोशी गाउँपालिका–१ कोटेगाउँकी ३२ वर्षीया बिमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र ३४ वर्षीय राजन भन्ने राजकुमार थापालाई काठमाडौं ल्याइएको हो । बिमला र विमलको टाउकोमा गम्भीर चोट लागेको छ ।

यता राजनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । अन्य घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थलीमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?