फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)

लोकपथ
21
Shares
टुडिखेलमा राखिएको निर्माण सामाग्री ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् ।

अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । जनताले विकास चाहेका छन् त्यो पनि तीब्र गतिमा ।

तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ ।

भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिब १ महिना पुग्नै लागेको छ ।  तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् ।

अस्तव्यस्त काठमाडौंका यी तस्बिरहरु 

धुलाम्मे भैसेपाटी सडक ।
गोगबु विष्णुमति  किनारमा बनाइएको टहरा ।
टुडिखेलमा राखिएको निर्माण सामाग्री ।
तीनकुनेस्थित ढल मिसिएको बागमती नदी ।
सिंहदरबारको पश्चिम ढोका अगाडिको झुपडी ।
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै ।
मंगलबजार सडकमा ढल राखिदै गरेको ढल र कष्टकर यात्रा गर्दै यात्रु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?