काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । वंशाणुगत जण्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । पुन उपचारका लागि चीनमा छन् ।
गत मंसिर १६ गते उनी उपचारका लागि चीन गएका थिए । स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले जनाएको छ । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया