धरानका मेयर हर्कराज साम्पाङको अभिव्यक्तिप्रति कार्यपालिका सदस्यको विरोध

लोकपथ
35
Shares

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले दिएको अभिव्यक्तिप्रति कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् । कार्यपालिका सदस्य सावित्री परियार, देवीमाया विक र दिनेश जगमेरले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै विरोध जनाएका हुन् ।

कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुव्र्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुव्र्यवहार भएको’ उल्लेख गरेका छन् ।

धरान उपमहानगर क्षेत्रमा पछिल्लो समय भएका केही घटनाको कारण विभिन्न सामाजिक सञ्जालमार्फत् दलित समुदायमाथि जातीय आँच आउने गरी मेयर हर्कराज राईले अभिव्यक्ति दिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, जारी विज्ञप्तिमा भनिएको छ । मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?