काठमाडौं । नाडाको लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपाले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो ।
सो एशोसिएशनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याजदरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राखेका थिए ।
यसअघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया