काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको काठमाडौंको प्रदशर्नी मार्गमा जनसभाको आयोजना गरेको छ ।
शनिवार दिउँसो नेकपाले पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ जाने सडकमै मञ्च राखेर जन सभाको आयोजना गरेको हो । सभाका कारण अहिले त्यस क्षेत्रमा आवतजावत ठप्प बनेको छ ।
सभास्थलमा विभिन्न क्षेत्रबाट नारा जुलुस सहितको र्याली आएको थियो ।

पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेकपाले जनसभा गरेको हो ।
जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको थियो । तर, अन्तिम समयमा विप्लव सहभागी नहुने भएको छ । यस विषयमा पार्टीले भने कुनै कारण खुलाएको छैन ।

तर पार्टीका महासचिव समेत रहेका ‘विप्लव’ले लिखित शुभकामना सन्देश भने पठाएका छन् ।
जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रकाण्डले सभामा पार्टीको भावी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका नेतालो सभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
उता सरकारले जनसभालाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया