प्रचण्डसँग बलिउड अभिनेता विवेक ओबरायको भेट

लोकपथ
77
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् ।

भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि उपस्थित थिइन् । प्रचण्डसँगको भेटमा ओबरायले नेपाली भादगाउँले टोपी समेत लगाएका थिए ।

भेटका बारेमा जानकारी दिँदै दाहालकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र युवापुस्ताका चर्चित नायक विवेक ओवरायले पार्टी अध्यक्ष प्रचण्डसंग खुमलटारमा भेटघाट गरेको उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?