अमट्रेड प्रालिद्वारा लुमिनसको तेस्रो त्रैमासिकका स्टार डिलरलाई सम्मान

लोकपथ
1.2k
Shares

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हरेक त्रैमासिकमा उच्च कारोवार गर्ने डिलरलाई स्टार डिलर अफ द क्वार्टरद्वारा सम्मान प्रदान गर्दै आएको छ।

हालै सम्पन्न एक कार्यक्रममा काठमाडौंका २५ डिलरहरु माझ आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर सन् २०२२ को तेस्रो त्रैमासिकमा उच्च कारोवार गर्ने तिनकुने स्थित जेएस ट्रेडलिंक प्रालीलाई स्टार डिलर अफ द क्वार्टरद्वारा सम्मान प्रदान गरेको छ।

सो कार्यक्रममा लुमिनस पावर टेक्नोलोजी प्रालिका नेपालका लागि प्रतिनिधि धिरज कुमारले काठमाडौंका जे.एस. ट्रेडलिंक प्रालीका सञ्चालक सबिन खरेललाई स्टार डिलर अवार्ड, प्रमाणपत्र र २५ हजार बराबरको उपहार भाउचरद्वारा सम्मान गरेको छ।

उक्त कार्यक्रममा सञ्चालक खरेलले लुमिनस परिवारलगायत सम्पूर्ण लुमिनस ब्राण्डलाई विश्वास गर्ने आफ्नो ग्राहकहरुलाई धन्यबाद दिँदै आउँदा दिनहरुमा लुमिनससँगको साथ र सम्बन्ध अझ प्रगाढ रहने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?