काठमाडौं । स्याङजामा चोरीका सामानहरु किनबेच गर्ने ७ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको फेदिखोला गाउँपालिका वडा नम्बर ४ टार्के स्थित रहेको श्री आरुखर्क आधारभूत विद्यालयमा गत वर्षको फागुन २२ गते र सोही गाउँपालिका ४ आरुखर्कस्थित तल्लाचौरमा रहेको श्री राम्चेदेवी आधारभूत विद्यालयमा २४ गते कम्प्युटर लगायतका सामाग्री चोरी तथा खरिद बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले श्री आरुखर्क आधारभूत विद्यालयबाट २०७८ फागुन २२ गते कम्प्यूटर सेट थान १, प्रिन्टर थान १, मल्टिप्लग थान १ चोरी गरेका थिए भने २०७८ फाल्गुन २४ गते श्री राम्चेदेवी आधारभूत विद्यालयबाट प्रोजेक्टर थान १, डेल कम्पनीको कम्प्यूर सेट थान १, एचपी कम्पनीको प्रिन्टर मेशिन थान १, ब्रदर कम्पनीको फोटोकपी मेशिन थान १, मल्टिप्लक थान ३ चोरी भएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट निम्न चोरी भएका सामानहरू बरामद गरी चोरी तथा डाँका मुद्दा दर्ता गरीएको छ । पक्राउ पर्नेमा स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय प्रेम वि।क।, सोही गाउँपालिकाका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षका समिर सुनार, लमजुङ सुन्दरबजार ११ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने २९ वर्षीया राजु मजाकोटी रहेका छन् ।
त्यस्तै, लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ११ घर भई हाल जिल्ला कास्की पोखरा १० रामबजार स्थितमा भान्जा प्लेस्टेशन रिपियर सेन्टर सञ्चालन गरी बस्ने बर्ष २७ को अमृत दुरा, पोखरा २८ घर भई सोही महानगरपालिका २६ कालिकाचोक स्थितमा एमएपी ईलेक्ट्रोनिक्स पसल सञ्चालन गरी बस्ने बर्ष २९ को प्रविन नेपाली तथा पोखरा २१ घर भई स्याङजा १७ बिरौटामा भाडामा लिई आयुज क्रियसन्स ट्रेडर्स पसल सञ्चालन गरी बस्ने बर्ष ३७ को दिपेन्द्र पोख्रेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया