तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

लोकपथ
52
Shares

काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको निधन भएको छ । ८२ वर्षको उमेरमा चित्रकारको निधन भएको प्रधामन्त्री शेरबहादुर देउवाको नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?