काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ ।
पार्टी पुर्नगठन दिवसको सन्दर्भ अवसरमा शनिबार विप्लवले जनसभा गर्न लागेको हो ।
यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । तर, विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।
आज भृकुटीमण्डमा हुने जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रण गरिएको छ भने नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किंराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई समेत निमन्त्रण गरिएको विप्वल नेताले जानकारी दिए ।
विप्लवले जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकाल्ने तयारी छ ।
लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ ।
जनसभालाई लक्षित गरी सरकारले काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया