कपिलवस्तुमा प्रदेशसभा सदस्यको गोली हानी हत्या, दुई पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा प्र्रदेशसभा सदस्यको गोली हानी हत्या भएको छ । 

प्रदेशसभा सदस्य निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गोली हानी हत्या भएको हो । 

उनी शुद्धोधन गाउँपालिका ४ मोतिभारीका निवासी हुन् । 

उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली प्रहारबाट घाइते भएका उनको लबही  स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्याउँदा मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । 

घटनास्थलमा गोलीका ३–४ वटा खोका भेटिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?