बाँके । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । पुस ४ गते सोमवार दिउँसो २ बजे गाउँसभा बस्ने सहमतिभएपछि पाँच महिनादेखि अवरुद्ध बनेको सेवा सुविधा खुल्ने भएको हो ।
कार्यपालिकाको हिजो मंगलवार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।
वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमति गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताए । आज भएको सहमति अनुसार सभा बसेमा सबै समस्या समाधान हुने उनको विश्वास छ ।
गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीनदिनदेखि कार्यालयमा तालाबन्दी गरि विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति ताकिएपछि उनीहरुले विरोधका सम्पुर्ण कार्यक्रम स्थागित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरि ताला खोलिएको छ । नयाँ आर्थिक वर्ष २०७९–८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया