समानुपातिकतर्फ प्रदेश र प्रतिनिधि सभामा कहाँ कति दलको प्रतिनिधित्व ?

लोकपथ
52
Shares

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।

जसअनुसार मंसिर ४ को निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको निर्वाचन आयोगले बुधबार मतपरिणाम सार्वजनिक गर्दै जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा थ्रेस होल्डसम्बन्धी व्यवस्था भएअनुसार ७ दलको प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व रहेको हो ।

यस्तै प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

जसअनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको पनि आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?