वडाध्यक्ष रिजालको पहलमा दमकल स्टेशन र बोर्ड बैठक हलको स्थापना

लोकपथ
1.6k
Shares

काठमाडौं । बालाजु औधोगिक क्षेत्रमा दमकल स्टेशन स्थापना र बोर्ड बैठक हलको उद्घाटन भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ स्थित औधोगिक क्षेत्रमा बुधबार बिहान एक कार्यक्रमकाबीच दमकल स्टेशन स्थापना र बोर्ड बैठक हलको उद्घाटन भएको छ ।


काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा निर्माण भएको दमकल स्टेशन र महानगरको बोर्ड बैठक हल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले उद्घाटन गरेका हुन् ।

त्यसैगरी आजै बाइधारा पार्कमा प्रवेश गर्ने पछिल्लो बाटो समेत खोलिएको वडाध्यक्ष रिजालले जानकारी दिए ।

दमकल स्टेशन स्थापनाले आकस्मिक रुपमा दमकलको प्रबन्ध हुने उनले बताए ।

May be an image of 6 people, outdoors and text

उद्घाटन कार्यक्रममा मेयर शाह, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष रिजालसहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीयको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?