काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

लोकपथ
26
Shares

काठमाडौं । काभ्रेको बेथानचोकको चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डिराज न्यौपानेले हालसम्म १७ जनाको मृत्यु भइसकेको बताएका हुन् ।

बेथानचोकको च्याल्टीमा ब्रतबन्धबाट फर्कने क्रममा भएको बा ३ ख ४३५० नम्बरको बस दुर्घटना हुँदा २९ जना गम्भीर घाइते भएको उनले जानकारी दिए । घाइतेहरुको बनेपास्थित शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

साथै, काठमाडौंको बाँसबारी न्युरो अस्पताल र माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा समेत उपचार भइरहेको जनाइएको छ । बसमा झण्डै ४० जना सवार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?