सिरहामा महिलाको हत्यापछि प्रदर्शन

लोकपथ
52
Shares

सिरहा । सिरहामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको जङ्गलमा दाउरा लिन गएका बेला ३/४ जना युवकको समूहले धारिलो हतियार प्रहारबाट हत्या गरेको हो ।

दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएको युवाहरुले जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रतिकार गर्न खोजेपछि उनीहरुले घाटी र पेटमा धारीलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानकारी दिए ।

सँगै गएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए । प्रहरीका अनुसार स्थानीयले ३ जनाको नाममा किटानी जाहेरी गरेपनि अनुसन्धान पछिमात्र जाहेरी दर्ता गर्ने भनेपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम सडक अन्तर्गत मिर्चैया नपा २ मलहनीयामा अपरान्ह देखि सडक जाम गरेका छन् ।

उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कार्वाहीको माग गर्दै सडकमै टायर बालेर जक्का जाम गरेका छन् । प्रहरीले घटनाको छानविन भइरहेको जनाएको छ । शव अझै पनि घटनास्थलमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?