काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

लोकपथ
0
Shares

काभ्रे । काभ्रेमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको हो ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?