बलेरो र्दुघटना : ११ जनाको ज्यान गयो, एक जना घाइते

लोकपथ
52
Shares

काठमाडौं । जाजरकोटमा बलेरो जिप र्दुघटना हुँदा एघार जनाको ज्यान गएको छ । सोमवार अपराहन्न पौने पाँच बजेको समयमा जिप र्दुघटना हुँदा ९ जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

१२ जना सवार बलेरो जिपमा दुर्घटना परि १ जना भने घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ४४९ नम्बरको बलेरो जिप र्दुघटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?