शुद्धोधन–१ मा विपत आउनुपर्व तयारी सम्बन्धी अभिमुखकिरण

लोकपथ
77
Shares

रुपन्देही । विपत कुनै पुर्व सूचना दिएर आउँदैन । अकस्मात आउने यस्तो खालको विपतबाट कसरी जोगिने, उद्धार कसरी गर्ने र क्षती न्यूनीकरण के र कसरी गर्ने लगायतका विषयमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई तालिम प्रदान गरिएको छ ।

दुई दिन सम्म चल्ने तालिमको सोमवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १ को सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद नेपालको आयोजनामा ‘विपत आउनुपुर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष उदयराज गडेरीयाले तालिममा सिकेका सिपलाई व्यवहारतहः लागू गरेमा यसले ठुलो प्रभाव पार्ने बताए । विपतको समयमा पुर्व जानकारी नभएको कारण मानिसले ज्यान गुमाउन बाध्य हुने भन्दै उनले यसको लागि सबै जना समयमा नै सचेत हुन आवश्यक रहेको बताएका थिए ।

तालिममा शशस्त्र प्रहरी प्रहरी निरिक्षक ईश्वर अधिकारी, प्रहरी निरिक्षक कुल बहादुर खड्काले सहजीकरण गर्दै आगलागी, बाढि, डुबान, भुकम्प तथा अन्य दैविक प्रकोपको विषयमा कसरी बच्ने र अरुलाई बचाउने भन्ने विषयमा प्रकाश पारेका थिए ।

विपत वा दैविप्रकोपको समयमा आईपर्ने विभिन्न समस्याको समाधान, विपत जोखिम न्युनीकरण के कसरी गर्न सकिन्छ ? साथै गाउँ घरमा उपलब्ध स्रोत र साधानको उच्च प्रयोग गरी के कसरी क्षती न्युनीकरण गर्न सकिन्छ ? भन्ने विषयमा प्रयोगात्मक सहितको तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा सचिव हिरालाल भुषालले विपतको समयमा समान्य खालको ज्ञान सिपले पनि मानिसको ज्यान जानबाट जोगीन सक्ने भन्दै यसमा सबैले ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य राम मिलन लोध, वडा सचिव हिरालाल भुषाल, वडा सदस्य महेन्द्र मल्लाह, कमला मुसहर, मुरलीधनर लोनिया, मनकुमारी थारु लगायतको सहभागीता रहेको थियो । लुम्बिनी ग्रामिण विकास परिषद् नेपालका अध्यक्ष चन्द्रकान्त खनालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?