हनी ट्रयाप : ५ करोडको बार्गेनिङ गर्दा प्रहरीको फन्दामा

लोकपथ
104
Shares

दाङ । ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने दुई महिला र एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । झुठो प्रेममा पारेर आर्थिक लाभ लिन खोज्ने तीन जनालाई लामो अनुसन्धान पछि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी सूचना अधिकारी राजन गाैतमले लाेकपथलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भएकाे के हाे ?

पीडित भनिएका दाङका ४५ वर्षीय पुरुष सम्पन्न परिवारका व्यक्ति हुन् । आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला भएकाे प्रहरीले जनाएकाे छ । पुरुष सम्पन्न परिवारको हो भन्ने थाहा पाएपछि गहतराजले विभिन्न बहानामा ती पुरुषबाट ३५ लाखभन्दा बढि रकम लिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रेमको झुठो नाटक गरेर उनले शुरुदेखि नै आर्थिक लाभ लिएकी थिईन् । गहतराज ३५ लाखले पनि अघाउन सकिनन् । उनले आफूले भने जति पैसा नदिए बलात्कारमा फसाउने भन्दै धम्की दिन थालिन् । भने जति नगद पैसा दिन पुरुषले नसकेपछि घर जग्गा भए पनि हुन्छ भने जस्ता आशय तिनकाे थियाे ।

त्यसपछि घर जग्गा किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ भएकाे जनाइएकाे छ । पुरुषतर्फबाट सजिलै पैसा नआएपछि उनले सहयोगको लागि आफ्नो गिरोहमा कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग मात्र लिइनन् गुण्डा लगाएर पुरुषलाई धम्काउन थालिन् । उनले पुरुषलाई मात्रै नभई घर परिवारलाई समेत बारम्बार धम्काउन थालेपछि घटना बाहिरिएको प्रहरीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?