डाबरले ल्यायो प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल

काठमाडौं । डाबर नेपाल प्रा.लिले युवा पुस्ताहरु बीच अति लोकप्रिय प्रोस्टाइल ब्राण्डको नयाँ रेन्ज प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बजारमा सार्वजनिक गरेकोछ ।

प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयलमा बादाम र एलोभेराको प्राकृतिक गुणले भरिपूर्ण छ । अति सुक्ष्म वर्षाै वर्षको अनुसन्धान तथा परिक्षणबाट यसको उत्पादन गरिएको हो ।

प्रोस्टाइल, जसले तपाईको कपाललाई बनाउँछ सफ्ट एण्ड साइनी र पूरै दिन मुलायमको अनुभव दिन्छ । यसले कपाल झर्नबाट पनि जोगाउन मद्दत गर्छ । यो तेल ७५ एम.एल. र १५० एम.एल.को बोतलमा उपलब्ध छ । जसको बजार मूल्य क्रमशः रु.५५ र रु. ९५ मा उपलब्ध रहेकोछ ।

नेपाली चलचित्र उद्योग तथा युवा पुस्ता माझ अति लोकप्रिय युवा अभिनेता अनमोल केसीद्वारा यस प्रोस्टाइल ब्राण्डलाई समर्थन तथा प्रवद्र्धन गरिएकोछ । युवा पुस्ताहरु माझ अति लोकप्रिय प्रोस्टाइल हेयर आयल नेपाली युवाहरुलाई लक्षित गरी बनाइएको एकमात्र हेयर आयल हो, जसले व्यक्तित्व निखारमा मद्दत गर्दछ ।

डाबर नेपाल प्रालि आफ्नो उपभोक्ताहरुलाई विभिन्न प्रकारका प्राकृतिक उत्पादनहरुबाट उच्चस्तरीय सेवा दिनमा प्रतिबद्ध छ । डाबरका उत्पादनहरुले दैनिक जीवनमा आफ्नो विशेष ठाउँ बनाएको छ, जसले हरेक नेपालीको घरघरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?