विश्वकप फुटबलमा सट्टेबाजी गराउने एक भारतीयसहित दुई जना पक्राउ

लोकपथ
52
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सट्टेबाजी गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको भन्दै एक जना भारतीय र एक जना नेपाली नागरिकलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनिहरुले डायमण्ड एस्क एपमार्फत सट्टेबाजी गराउने गरेको उपत्यका अपराध अनुशन्धान कार्यालयका एसपी एवम् प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार पक्राउ पर्नेमा नेपालका रुद्र पोखरेल र भारतका पवन कुमार रहेका छन् । प्रहरीले उनिहरुको साथबाट मोबाइलहरु बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?