वार्षिक डिशहोम रिचार्जमा दिपा तामाङले जितिन् नगद एक लाख

लोकपथ
0
Shares

काठमाडौं । डिशहोम वार्षिक रिचार्ज योजना अन्तर्गत भक्तपुर मध्यठिमी ६ की दीपा तामाङले लक्कि ड्रबाट एक लाख रुपैयाँ जितेकी छन् । डिशहोमको वार्षिक ग्राहक योजना अन्तर्गत उनले उक्त रकम हात पार्न सफल भएकी हुन् ।

डिशहोमको वार्षिक ग्राहक बन्दा २४ महिला डिशहोम हेर्न पाइने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । योजना अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

डिशहोमले सेल्स दीपा तामाङलाई पुरस्कार रकम हस्तान्तरण गरेको थियो । डिशहोम डीटीएचका ग्राहकहरुले यो योजनामा सहभागी भएर लाभ लिने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?