प्रधानमन्त्रीले आजपनि मन्त्रालयगत कार्य प्रगतिबारे छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।  

बिहीवार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवासमा शुरु हुने छलफलमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री ओलीले सम्बन्धी मन्त्रीलाई समेत बोलाएर ९ महिनासम्मको कार्य प्रगति विवरण र आगामी योजनाबारे छलफल हुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

पहिलो दिनको छलफलमा प्रधानमन्त्री ओलीले जनताको ठूलो अपेक्षा भएकाले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका थिए । 

मन्त्रीहरुको काममा पुरानै शैली दोहोरिएको प्रति निरास हुँदै प्रधानमन्त्री ओलीले परिवर्तन देखिने गरी काम गर्न निर्देशनसमेत दिए । 

प्रधानमन्त्री ओलीले मंसिर ७ गते शुक्रबार सबै मन्त्रालयको कार्य प्रगति विवरणमाथिको छलफल तयारी गरेका छन् । उनले हिजो (बुधबार) भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, सिंचाइ, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालयका राथिै राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको कार्य विवरणमाथि छलफल गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?