मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार

लोकपथ
28
Shares

दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पताल लमहीको प्राविधिक सहयोगमा ५३ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिए ।

उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म गढवाको वडा नम्बर ४, ५, ६, ७ मा निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ भने बाँकी वडामा निःशुल्क शिविर सञ्चालनका लागि व्यवस्थापन भइरहेको छ ।

लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले आगामी दिनमा यस क्षेत्रका पालिकासँग स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बारेमा निःशुल्क शिविर सञ्चालन गर्नेबारे समन्वय भइरहेको बताए । गढवाले आँखा कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?