प्रधानन्यायाधीशमाथिकाे महाभियोग निष्प्रभावी भएको पत्रविरुद्धको रिटबारे बहस सकियो

लोकपथ
21
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराकाे महाभियाेग निष्प्रभावी पत्र दिने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको निणर्यविरुद्धको रिटमाथिको बहस सकिएको छ । गत बुधबार संघिय संसद् सचिवालयका महासचिव डा.गौतमले महाभियोग निष्प्रभावी भएको भन्दै चोलेन्द्रसहित सरोकारवाला निकायलाई पत्र पठाएका थिए ।

डा. गौतमको उक्त निर्णयले सिंगो न्यायपालिकासँगै राजनीति तरंगित भएको थियो । त्यसविरुद्ध सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले रिटमा शुक्रबारको पेसी तोक्दै संवैधानिक इजालसमा राखेको थियो ।

कायममुकायम प्रधाानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई राई र अनिलकुमार सिन्हा सदस्य रहेको इजलासमा शुक्रबार बहस सकिएको हो।

महाअभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसद्का महासचिव भरतप्रसाद गौतम र जबरालाई विपक्षी बनाएर हालिएको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको थियो। बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?