एकैदिन ५ सय भन्दाबढी चालक कारबाहीमा

लोकपथ
84
Shares
फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार गरिएको विशेष चेकिङका क्रममा ५ सय ४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारबाहीमा परेका छन् ।

यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४ सय ९५ जना चालकलाई कारबाही गरिएको छ । चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई काबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?