हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्य शुरु

लोकपथ
104
Shares

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले प्रशासनीक भवन निर्माण कार्य अन्तर्गत अहिले कम्पाउण्ड घेराको कार्य अगाडी बढाईको र यस कम्पाउण्डको दक्षिण तर्फ ट्रष्ट निर्माण गरि सभाहल, गाउँप्रहरी निवास , एम्बुलेन्स तथा पालिकाका सवारी साधनको व्यवस्थापन गर्ने बताए ।

निकट भविष्यमा नै सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा मन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीद्वारा प्रशासनीक भवनको शिलन्यास गराउने अध्यक्ष अन्सारीले बताएका छन् । काठमाडौं रविन एण्ड स्रेया कन्ट्रक्सनले ठेक्कामा करिब साढे नौ करौडको लागतमा सो प्रशासनीक भवन निर्माण हुन लागेको पालिकाका प्राविधिक सह–इन्जिनीयर भागवत कुमार रामले जानकारी दिए ।

हरिनगर गाउँपालिका सुनसरीले पहिलो ५ वर्षको कार्यकालमा बहुवर्षिय योजना अन्तर्गत ठुला सडकहरु करिब ३२ किलो मिटर सडक स्फाल्ड प्रविधिको निर्माण कार्य सम्पन्न गरेको जसमा झण्डै एक अर्बको रकम खर्चिएका कारण गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्न सकेको थिएन ।

दोस्रो कार्यकालमा प्रशासनिक भवन करिब ७ कठ्ठा जग्गामा बन्न लागेको हो र यससँगै मालपोत , नापी शाखा समेतको इलाका स्तरीय भवन बनाएर हरिनगर बासीहरुलाई जग्गाको कित्ता काट देखि जग्गा नामसारी सम्मका लागि सदरमुकाम धाउनेबाट मुक्त गरिने पालिका अध्यक्ष अन्सारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?