तारा एअरको जहाजसँग चील ठोक्कियाे, जहाजमा सामान्य क्षति

लोकपथ
52
Shares

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको लागि खाद्यान्न बोकेर उडेको तारा एअरको  ९एन एकेएल कलसाइनको ट्विनअटर जाहाज हुम्ला विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएको हो ।

तर, विमान चालकले हुम्लाको सिमकोट विमानस्थलमा करिब १२:३० बजे सकुशल अवतरण गरेको गराएका छन् ।

चीलसँग ठोक्किएको जहाजको अगाडिको भागमा क्षति पुगेको छ । वायुयानमा कार्गो मात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको उक्त वायु सेवा कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?