सिटी एक्सप्रेसद्वारा उपहार हस्तान्तरण

लोकपथ
39
Shares

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । काठमाडौंस्थित होटल अलफ्टमा आयोजित एक कार्यक्रममार्फत मेगा बम्पर उपहार विजेतालगायतलाई सिटी एक्सप्रेसले उपहार हस्तान्तरण गरेको हो ।

साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, युकेबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन प्रदान गरिएको सिटी एक्सप्रेसले बताएको छ ।

यस्तै, मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापानबाट रेमिटान्स पठाउने रवीन्द्र मानन्धरलाई १० तोला चाँदी र कुवेतबाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चाँदी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नायीका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उप–महाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा उल्लेख गरिएको थियो ।

जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार समान १० तोला चाँंदी) र (२ जनाले मासिक उपहार समान १ तोला सुन) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखि कार्तिक १५ गते सम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?