काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट र टिभि सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको कार्यक्रम बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आयोजना गरेको थियो ।
कम्पनीले हाल चलिरहेको फिफा २०२२ विश्वकपलाई लिएर फुटबल थीममा आधारित उत्सवको आयोजना गरेको थियो । कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलका चर्चित नामहरू उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रीती राई, प्रशान्त अवस्ति लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटको सि.ई.ओ. सेवा पाठकलेसमेत उपस्थित भएका थिए ।
भायानेटको सि.ई.ओ. पाठकले फुटबल समानताको खेल भएको बताउँदै, कार्यक्रममा आएका सम्पूर्ण अतिथि तथा बाल मन्दिरका सहजकर्तालाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो जीवनको एक दिन बाल मन्दिरका बच्चाहरूसँग बिताउन पाएकोमा खुसि व्यक्त गरेका थिए ।
भायानेटले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्टेशनरी सामग्री र शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो । बाल मन्दिरले हाल देशभरका सातवटा शाखाबाट कम्तीमा २६३ बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्दै आएको छ । भायानेटले सिफलमा रहेको बाल मन्दिर शाखालाई निःशुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराएर बाल मन्दिरलाई थप सहयोग गर्ने योजना बनाएको छ । साथै कम्पनीले बाल–बालिकालाई विश्वकप हेर्न सहज गराउने उद्देश्यले वर्ल्ड कप कुपन पनि उपलब्ध गराउने भएको छ ।
कार्यक्रम पश्चात बोल्दै नेपाली राष्ट्रीय टिमका पुर्व गोल किपर उपेन्द्र मन सिंहले भायानेटले यसरी कलाकार र फुटबलरलाई सँगै ल्याएर असाहाराको साहरा बनेको बाल मन्दिरका बच्चाहरुसँग खेल्ने माहोल जुराएकोमा धन्यवाद व्यक्त आयोजकलाई धन्यवाद व्याक्त गरेका थिए । त्यस्तै कम्पनीका ब्रान्ड एम्वासडर निश्चल बस्नेत र स्वस्तिमा खड्काले खेल खेलेर जितेका र उपबिजेता बनेका दुबै टिमलाई शुभकामना दिंदै खेलले जिवनमा सकारात्मक उर्जा दिलाउन मद्दत मिल्ने हुनाले आयोजना गरिएको खेल नजितेका बालबालिकालाई अर्को पटकको लागि आफ्नो बेस्ट ट्राईको गर्न सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया