चोलेन्द्रले लिए महाअभियोग निष्क्रियको पत्र, आजै सर्वोच्च जाने तयारी

लोकपथ
143
Shares

काठमाडौं । महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन बुधवार सर्वोच्च अदालत जाने भएका छन् ।

संसद् सचिवालयका महासचिव डा भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र सर्वोच्च जाने भएका छन् ।

उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।

चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो । ९८ जना सांसदले उनीविरुद्ध विभिन्न आरोपसहित महाअभियोग दर्ता गराएका थिए ।

चोलेन्द्र आजै सर्वोच्च जाने भए पनि कुनै जानकारी भने नआएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले लोकपथलाई जानकारी दिए ।

उनको कार्यकाल अबको केही दिनमा सकिन लागेकाले उनको कार्यकालसँगै महाअभियोग पनि सकिने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

‘मंसिर २७ गतेबाट जबराको कार्यकाल सकिँदैछ, उनको कार्यकाल सकिएसँगै महाअभियोग पनि सकिन्छ ।’ उनले भने ।

अवकाश हुनुभन्दा एक महिना अघि बिदामा बस्ने प्रावधान रहेका कारण उनले कुनै पनि बेन्च राख्ने र प्रशासनीक काम गर्न भने पाउने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?